आईपीएल क्रिकेट : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित
बिहीबार, ३० चैत २०७९, ०६ : ०५
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ ।
बुधबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ ।
आइपीएलमा आज पन्जाव किङ्ग्सले गुजरात टाइटन्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण