आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झापाबाट ब्राउन सुगरसहित युवती पक्राउ

बिहीबार, ३० चैत २०७९, १० : ३९
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी छिन् । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।

अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् । लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप