नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको आवेदन पुनः खुल्यो
काठमाडौँ । धितोपत्र बोर्ड विरुद्धको मुद्दा खारेज भएसँगै पुनः नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको आवेदन खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार एक सूचना जारी गर्दै १० दिनको अवधि राखेर नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्सको आवेदन खुल्ला गरेको हो ।
यसअघि बोर्डले गत असोज २ गते ४५ दिनको अवधि राख्दै नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको लागि एकैपटक आवेदन खुल्ला गरेको थियो । तर, ३५ दिन तोकेर ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरिएकोमा ४४ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर, नयाँ स्टक र कमोडिटी एक्सचेञ्जका लागि दिएको समयभित्र बोर्ड विरुद्ध सर्वोच्चमा रिट परेसँगै लाइसेन्स वितरणको प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।
निवेदन दिन समय बाँकी रहँदै कात्तिक ४ गते सर्वोच्च अदालतले यसलाई रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यद्यपि, चैत २६ गते सर्वोच्च अदालतले धितोपत्र बोर्ड विरुद्धकोे रिट खारेज गरेसँगै बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृया अघि बढाउन बाटो खुला भएको हो ।
अब इच्छुक कम्पनीहरुले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिन सक्नेछन् । तर, यस्तो आवेदन सूचना निष्काशनको मिटिले १० दिन भित्र दिइसक्नुपर्ने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण