मोडलको पसिनाले बनेको परफ्युम
२९ वर्षकी एक मोडल आफ्नो नयाँ परफ्युमका कारण चर्चामा छाएकी छिन् ।
ब्राजिलकी वानेसा मौराले नयाँ परफ्युममा आफ्नो पसिनासमेत समावेश गरेको दाबी गरेकी छिन् । यो दाबीका कारण उनको चर्चा अहिले बढ्दो छ ।
अडिटी सेन्ट्रलका अनुसार साओ पाओलोकी यी मोडलले ‘फ्रेस गडेस्’ नामको आफ्नो सिग्नेचर फ्राग्रान्समा आफ्नै पसिना समावेश गर्न आफ्ना प्रेमी र पूर्व पार्टनरबाट प्रेरणा पाएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरा प्रेमी र पूर्व पार्टनर सबैले मेरो शरीरको प्राकृतिक गन्ध निकै ‘सेक्सी र एक्साइटिङ’ भएको भन्दै तारिफ गर्ने गर्दथे । त्यसैले पनि यसका लागि प्रेरित भएँ म ।’
वानेसाका अनुसार परफ्युमको प्रत्येक बोतलमा ८ मिलिलिटर पसिना छ । यसले परफ्युममा कामुकता र नारीत्वको मिश्रण गराउने उनले दाबी गरेकी छिन् ।
वानेसाले आफ्नो परफ्युमको प्रभावबारे कुरा गर्दै भनिन्, ‘मेरो फ्रेस गडेस् लगाएर एक जना युवती आफ्नो क्रसलाई भेट्न गएकी रहेछिन्, ती व्यक्तिले उनलाई दोस्रो डेटका लागि पनि प्रस्ताव गरे । यो मेरो परफ्युमकै कमाल हो ।’
‘मेरो परफ्युममा सुन्तला, बर्गामट र पिङ्क पिपरको सुगन्ध त छँदै छ । यसमा एउटा विशेष सुपर इन्टिमेसी टच छ र त्यो हो मेरो पसिना । जूनुन र रहस्यको सम्मिश्रण,’ ती मोडलले भनिन् ।
‘मेरो प्राकृतिक गन्धले पुरुषलाई उत्तेजित बनाउँछ, त्यसैले मैले मेरो पसिनाको थोपालाई परफ्युमको बेस बनाएको छु,’ वानेसाले भनिन्, ‘मेरो परफ्युम डेटिङ र प्रेमीसँगको अन्तरङ्ग पलमा रमाउन चाहनेहरूका लागि उत्कृष्ट छ । साथै कसैलाई आफूप्रति आकर्षित गर्न चाहनुहुन्छ भने पनि मेरो परफ्युम प्रयोग गर्न सक्नुहुन्छ ।’
वानेसाको परफ्युमको ५० मिलिलिटरको एउटा बोतलको १३८ डलर (१८ हजार रुपैयाँ) पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण