शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मोडलको पसिनाले बनेको परफ्युम

बिहीबार, ३० चैत २०७९, १३ : २१
बिहीबार, ३० चैत २०७९

२९ वर्षकी एक मोडल आफ्नो नयाँ परफ्युमका कारण चर्चामा छाएकी छिन् ।

ब्राजिलकी वानेसा मौराले नयाँ परफ्युममा आफ्नो पसिनासमेत समावेश गरेको दाबी गरेकी छिन् । यो दाबीका कारण उनको चर्चा अहिले बढ्दो छ । 

अडिटी सेन्ट्रलका अनुसार साओ पाओलोकी यी मोडलले ‘फ्रेस गडेस्’ नामको आफ्नो सिग्नेचर फ्राग्रान्समा आफ्नै पसिना समावेश गर्न आफ्ना प्रेमी र पूर्व पार्टनरबाट प्रेरणा पाएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरा प्रेमी र पूर्व पार्टनर सबैले मेरो शरीरको प्राकृतिक गन्ध निकै ‘सेक्सी र एक्साइटिङ’ भएको भन्दै तारिफ गर्ने गर्दथे । त्यसैले पनि यसका लागि प्रेरित भएँ म ।’

वानेसाका अनुसार परफ्युमको प्रत्येक बोतलमा ८ मिलिलिटर पसिना छ । यसले परफ्युममा कामुकता र नारीत्वको मिश्रण गराउने उनले दाबी गरेकी छिन् । 

perfume1वानेसाले आफ्नो परफ्युमको प्रभावबारे कुरा गर्दै भनिन्, ‘मेरो फ्रेस गडेस् लगाएर एक जना युवती आफ्नो क्रसलाई भेट्न गएकी रहेछिन्, ती व्यक्तिले उनलाई दोस्रो डेटका लागि पनि प्रस्ताव गरे । यो मेरो परफ्युमकै कमाल हो ।’

‘मेरो परफ्युममा सुन्तला, बर्गामट र पिङ्क पिपरको सुगन्ध त छँदै छ । यसमा एउटा विशेष सुपर इन्टिमेसी टच छ र त्यो हो मेरो पसिना । जूनुन र रहस्यको सम्मिश्रण,’ ती मोडलले भनिन् । 

‘मेरो प्राकृतिक गन्धले पुरुषलाई उत्तेजित बनाउँछ, त्यसैले मैले मेरो पसिनाको थोपालाई परफ्युमको बेस बनाएको छु,’ वानेसाले भनिन्, ‘मेरो परफ्युम डेटिङ र प्रेमीसँगको अन्तरङ्ग पलमा रमाउन चाहनेहरूका लागि उत्कृष्ट छ । साथै कसैलाई आफूप्रति आकर्षित गर्न चाहनुहुन्छ भने पनि मेरो परफ्युम प्रयोग गर्न सक्नुहुन्छ ।’

वानेसाको परफ्युमको  ५० मिलिलिटरको एउटा बोतलको १३८ डलर (१८ हजार रुपैयाँ) पर्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप