म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे
काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । वुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए । उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिवद्धता जनाए । उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढिरहे पनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।
‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईहरुको माया सधैँ रहीरहोस्’ उनले भने, ‘म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनुपर्छ ।’
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । उनले २०७९ मा १० वटा चलचित्रहरुले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताए । उनले भने– ‘२०७९ सालमा हाम्रा चलचित्रहरुको समीक्षा गर्दा वास्तवमा यो वर्ष नेपाली चलचित्रहरुको लागि सुखद् वर्ष हो किनभने करिव १० वटा चलचित्रले मुनाफा कमाएका छन् । प्रतिशतको हिसावमा पनि २० प्रतिशत जति ठूला पर्दाका चलचित्रले लगानी उठाएका छन् । आउने २०८० साल पनि यसभन्दा सफल हुनेछ । चलचित्रकर्मीहरुको भविष्य पनि उज्ज्वल बन्नेछ । आगामी दिनमा शतप्रतिशत नै नेपाली चलचित्र चल्नुपर्छ ।’ अध्यक्ष खड्काले वर्ष २०७९ मा २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण