नेपाल विश्वविद्यालय विधेयकमाथि विवाद नगर्न मन्त्री राईको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित अनावश्यक विवाद गरी पारित गर्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयकमा बिवाद गर्न नहुने बताएका हुन् ।
उनले भने, ‘हामीले काम गर्ने अनि फेरि भोलि त्रुटि भयो, कमी रह्यो भन्ने किसिमको टीकाटिप्पणी हुने अवस्था नरहोस् । नहुने दिशातिर लैजाऔँ । नकारात्मक ढंगले लैजाऔँ । विधेयक फिर्ता लिऔँ । त्यो हिसाबले नसोचौँ । हामी यसलाई सकारात्मक ढंगले, राम्रो उपलब्धि दिने, नयाँ, नमुना स्थापित गर्ने ढंगको विश्वविद्यालय बनाउने गरी हामीले आफ्नो राय, सुझावहरू, संशोधनहरू अगाडी लैजाऔँ भन्ने यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’
उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे । उनले नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रुपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्ने बताए । उनले विधेयक अगाडी बढाउँदा कार्यान्वयन हुनेगरी गर्नुपर्ने बताए । आगामी दिनमा कुनै त्रुटि र कमी नहुनेगरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा उनको जोड छ ।
मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमुना विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी सोच्नुपर्ने बताए । उनले विश्वविद्यालयलाई बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण