प्राविधिक परीक्षण नहुँदा ४० लाख सिनोभ्याक खोप प्रयोगमा आएनन
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ४० लाख सिनोभ्याक खोप प्रयोगमै आएको छैन । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवदेन २०७९ अनुसार सो खोप खपत गर्न स्वास्थ्य मन्त्रालय चुकेको हो ।
उक्त खोपको प्राविधिक परीक्षण नभएकाले प्रयोग आउन सकेको छैन । खोपको म्याद समाप्त हुने अवधि करिब १० महिना बाँकी छ ।
नेपाल सरकारले ०७७ पुस २० गते खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने मार्गदिशा स्वीकृत गरेको थियो ।
नेपालले दातृनिकाय कोभ्याक्स सुविधा, अन्य अनुदान र नेपाल सरकारबाट खरिद गरेको समेतगरी भित्रिएको ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत खरिद गरेको छ ।
यस्तै, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत खोप प्राप्त गरेको छ । ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका छन् ।
प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसिल, १६ प्रतिशत कोभिसिल्ड र अन्य ५० प्रतिशत छ ।
भारतको एक कम्पनीबाट कोभिसिल्ड १० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसिल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौताअनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८०० डोज समेत २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरिद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण