मधेस प्रदेशमा करोडौंका ल्याब सामग्री प्रयोगविहीन
जनकपुरधाम । मधेस प्रदेशमा करोडौंका ल्याब सामग्री प्रयोगविहीन बनेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले खरिद गरेका २४ करोड ४८ लाख ३ हजार मूल्य बराबरको ल्याब सामग्री प्रयोगविहीन बनेका हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशको ६४ स्थानीय तहमा प्रयोगशाला स्थापना गर्न विशेष परिस्थितिजन्य कारण उल्लेख गरी आर्थिक वर्ष २०७८÷७९ को अन्त्यमा २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरेको थियो ।
तर, ती ल्याब सामग्रीहरू जिल्ला सदरमुकाममै मौज्दात रहँदा स्थानीय तहमा अहिलेसम्म ल्याब सञ्चालन हुन सकेको छैन । लेखापरीक्षणको अवधिसम्म उक्त सामग्रीहरू प्रयोगशालामै मौज्दात रहेको महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ मा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ । खरिद गरिएका करोडौं मूल्यका ती सामान प्रयोगमा ल्याइएको प्रमाणसमेत पेस नभएको प्रतिवेदनमा उल्लेख छ ।
ल्याब सामग्रीको प्रयोग नहुँदा थाइराइडको जाँच, सोडियम, पोटासियमलगायत सामान्य जाँच गर्न पनि बिरामीहरू ठुला सहरमा जान बाध्य छन् ।
यता, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामले खरिद गरेका पौष्टिक आहार पनि प्रयोगविहीन भएर म्याद गुज्रिएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले १६ लाख ४३ हजार रुपैयाँमा खरिद गरेको विभिन्न ४ प्रकारका पौष्टिक आहार प्रयोगमै ल्याइएको छैन ।
उत्पादन भएको मितिबाट ६ महिनासम्ममा प्रयोग गर्न उत्तम हुने उल्लेख भएकोमा केन्द्रबाट हस्तान्तरण भई २०७९ वैशाख ८ गते प्रादेशिक अस्पताल लहानमा हस्तान्तरण भएका १६ लाख ४३ हजार मूल्यका ५ हजार ८९६ किलोग्राम पौष्टिक आहार प्रयोग नभई म्याद गुज्रेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण