गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखेका थिए । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए । अध्यक्ष घिमिरेको घरमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी )श्यामु अर्यालले जानकारी दिए ।
अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको डिएसपी अर्यालले जानकारी दिए । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
-
अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण