वर्षमानकी आमामाथि गोली प्रहार ‘दुर्घटना’ भएको प्रहरीको निष्कर्ष

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिवार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर–१ गणमा आन्तरिक थुनामा राखिएको छ ।
शनिवार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तिर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट एक राउण्ड फायर भएको भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने– ‘प्रारम्भिक अनुसन्धानबाट पेस्तोल आफैं पड्केको देखिन्छ, थप अनुसन्धान भइरहेको छ ।’ तिर्थमालीका नाति हुन प्रकाश । गएराति अबेरसम्म बसेर मदिरा सेवन गरेपछि हजुरआमाले उनलाई चाँडो डेरामा फर्किन भकेकी थिइन् । प्रकाशले ‘अबेर भएर केही हुँदैन मसँग हतियार छ’ भन्दै पेस्तोल निकालेका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार झोलाबाट पेस्तोल निकाल्नासाथ असावधानीपूर्वक पड्किएको थियो । अनुसन्धान अधिकृतहरुसँग सहायक हवल्दार प्रकाशले भनेका छन्– ‘मैले गोली चलाएको होइन, आफैं पड्कियो ।’ पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरु बताउँछन् । नयाँ वर्ष मनाउने पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरु पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न