वर्षमानकी आमामाथि गोली प्रहार ‘दुर्घटना’ भएको प्रहरीको निष्कर्ष
काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिवार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर–१ गणमा आन्तरिक थुनामा राखिएको छ ।
शनिवार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तिर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट एक राउण्ड फायर भएको भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने– ‘प्रारम्भिक अनुसन्धानबाट पेस्तोल आफैं पड्केको देखिन्छ, थप अनुसन्धान भइरहेको छ ।’ तिर्थमालीका नाति हुन प्रकाश । गएराति अबेरसम्म बसेर मदिरा सेवन गरेपछि हजुरआमाले उनलाई चाँडो डेरामा फर्किन भकेकी थिइन् । प्रकाशले ‘अबेर भएर केही हुँदैन मसँग हतियार छ’ भन्दै पेस्तोल निकालेका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार झोलाबाट पेस्तोल निकाल्नासाथ असावधानीपूर्वक पड्किएको थियो । अनुसन्धान अधिकृतहरुसँग सहायक हवल्दार प्रकाशले भनेका छन्– ‘मैले गोली चलाएको होइन, आफैं पड्कियो ।’ पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरु बताउँछन् । नयाँ वर्ष मनाउने पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरु पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण