बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पोखराको सेती खोचमा बालिका खसिन्

शनिबार, ०२ वैशाख २०८०, १७ : १३
शनिबार, ०२ वैशाख २०८०

पोखरा । पोखरामा एक बालिका सेती खोंचमा खसेकी छन् । शनिबार दिउँसो खेल्न पुगेकी पोखरा ८ का स्मृति* पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने पराजुली तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेकी हुन् । 

‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको छ,’ इन्स्पेक्टर केसीले भने । दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले पराजुलीको खोजीकार्य (उद्धार प्रयास) गरिरहेको छ । भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको केसीको भनाइ छ ।

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप