आउँछु भनेर प्रधानमन्त्री किन गएनन् बालकोट ?

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत संसदमा विचाराधीन विधेयकबारे प्रमुख तीन दलबीच सहमति जुटाउन भनेर आइतबार बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको छ । यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार बिहान ९ बजेलाई तय भएको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका हुन् । दुई नेता अनुपस्थित भएसँगै बैठक बस्न नसकेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र काङ्ग्रेस सभापतिसहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो’, बर्तौलाले भने,‘ बैठक भनेर सभामुखसहित हामीहरू सबै जना समयमै बालकोट पुगेपनि प्रधानमन्त्री र कांग्रेस सभापति आउनुभएन र बैठक बस्न सकेन ।’
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ९ बजेर २० मिनेटमा बैठक बस्न नसक्ने भनेर जानकारी गराएको सचेतक बर्तौलाको भनाइ छ। तर प्रधानमन्त्रीको सचिवालयले भने बालकोटमा बैठक राखेकोबारे अनभिज्ञता प्रकट गरेको छ । ‘बालकोटमा बैठक राखेकोबारे हामीलाई जानकारी छैन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सभामुखसहितको बैठक यसअघि बालुवाटारमा नै बस्ने गरेको मात्र थाहा थियो ।’
एमाले सचेतक बर्तौलाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयक, संयुक्त समिति निर्माण लगायत विषयमा शीर्ष नेताहरूबिच छलफल गरेर सहमतिमा अघि बढ्नुपर्ने भए पनि सत्तापक्षले बेवास्ता गरिरहेको गुनासो गरे ।
‘प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय मुद्दामा छलफल र संवादका लागि तयार छ तर सत्तापक्ष नै छलफल गर्न तयार भएको देखिएन । सरकार र सत्तापक्ष आफैँले बैठक बोलाएर आफैँ बैठकप्रति उदासीन हुनु र संवादलाई प्राथमिकता नदिनु दुःखद् छ’, बर्तौलाले भने, ‘यसले उहाँहरू देशका ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा पुर्याउन सकारात्मक हुनुहुन्न भन्ने देखाउँछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !