१५ दिनभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित मोर्चा बन्ने दाबी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले १५ दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित मोर्चा बन्ने बताएका हुन् ।
मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको उनले बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ थियो ।
एकीकृत समाजवादीका नेता चौधरीले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रूप लियो भने यो एकतासम्म जान सक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’
एकीकृत समाजवादीकै सांसद राजेन्द्रप्रसाद पाण्डेले भने सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए ।
तर, वामपन्थी विचारधाराका दलहरूसँग मोर्चा र एकीकरणका लागि छलफल भने चलिरहेको उनले पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण