१५ दिनभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित मोर्चा बन्ने दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले १५ दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित मोर्चा बन्ने बताएका हुन् ।
मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको उनले बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ थियो ।
एकीकृत समाजवादीका नेता चौधरीले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रूप लियो भने यो एकतासम्म जान सक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’
एकीकृत समाजवादीकै सांसद राजेन्द्रप्रसाद पाण्डेले भने सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए ।
तर, वामपन्थी विचारधाराका दलहरूसँग मोर्चा र एकीकरणका लागि छलफल भने चलिरहेको उनले पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित