आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता

आइतबार, ०३ वैशाख २०८०, १८ : ५५
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएको बताइएको छ । 

यस्तै भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको जनाइएको छ । भेटका क्रममा द्विपक्षीय हित र दुई मुलुकको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप