काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण गर्दा ७ नियम लागू , उल्लंघन गरे ५० हजार जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माणका लागि ७ बुँदे निर्देशनात्मक नियम बनाइएको छ । पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकाले ७ बुँदे नियम लागू गरेको हो ।
सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि थुपार्न नपाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसम्म रातिको ८ बजेपछि मात्र गर्न र गराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।
निर्माण स्थलमा घेरावर नलगाई वा सङ्केत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्ने सूचनामा उल्लेख छ । नियमको उल्लंघन गर्ने माथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण