शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गर्भवती सौन्दर्याको ३१ वर्षको उमेरमा विमान दुर्घटनामा भएको थियो मृत्यु, फिल्म छोड्ने इच्छा देखाएकी थिइन्

सोमबार, ०४ वैशाख २०८०, १० : ३९
सोमबार, ०४ वैशाख २०८०

अभिनेत्री सौन्दर्या बितेको आज १९ वर्ष पूरा भएको छ । १७ अप्रिल २००४ मा एक विमान दुर्घटनामा ३१ वर्षको उमेरमा सौन्दर्याको मृत्यु भएको थियो । उनी तेलुगु सिनेमाको सबैभन्दा सफल अभिनेत्री थिइन् । उनी महानटी सावित्री पछि सबैभन्दा लोकप्रिय र उत्कृष्ट अभिनेत्रीको रूपमा उदाएकी थिइन् ।

सौन्दर्याले तमिल, तेलुगु, हिन्दी, कन्नड र मलयालम भाषामा धेरै फिल्ममा अभिनय  गरिन् । उनले अमिताभ बच्चनको सूर्यवंशममा राधा ठाकुरको भूमिकाको लागि पनि प्रशंसा पाएकी थिइन् ।

साउथकी चर्चित अभिनेत्री सौन्दर्याको जीवन केही वर्षमै पूरै परिवर्तन भयो । सन् २००३ मा उनले एक इन्जिनियरसँग विवाह गरिन् । गर्भवती भएका कारण सौन्दर्या चलचित्र क्षेत्र छाड्न चाहन्थिन्, तर त्यसअघि नै विमान दुर्घटनामा उनको मृत्यु भयो ।

आज सौन्दर्याको १९ औँ पुण्य तिथिमा उनको जीवनसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराबारे जानकारी लिऔँ । 

soundarya१२ वर्षमा १०० फिल्म 

१८ जुलाई १९७२ मा बैंगलोरमा जन्मिएकी सौन्दर्याका पिता केएस सत्यनारायण एक प्रसिद्ध लेखक र निर्माता थिए । सुरुमा सौन्दर्या डाक्टर बन्न चाहन्थिन् । यसका लागि उनी एमबीबीएसमा भर्ना पनि भइन्, तर फिल्मको अफर आउन थालेपछि उनले पहिलो वर्षमै पढाइ छोडिन् ।

सौन्दर्याले सन् १९९२ कन्नड फिल्म ‘बा नाना पृथ्वीशु’ बाट आफ्नो अभिनयको सुरुवात गरिन्, त्यसपछि उनले लगातार कन्नड, तमिल र तेलुगु भाषाको फिल्म पाउन थालिन् । 

soundarya4मृत्युपछि पनि पाइन् अवार्ड

सौन्दर्याले सन् १९९५ को फिल्म अमोरुका लागि सर्वश्रेष्ठ अभिनेत्री तेलुगुको लागि पहिलो फिल्म फेयर पुरस्कार प्राप्त गरिन् । यसपछि उनले अन्य ९ उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि प्राप्त गरिन् । यहाँसम्म कि मृत्युपछि पनि सौन्दर्याले फिल्म ‘अपथामित्रा’ का लागि अवार्ड पाएकी थिइन् । 

बीजेपीको अभियानमा सामेल हुन उडान भरेकी थिइन् 

सौन्दर्याले आफ्नो विवाहको एक वर्षपछि सन् २००४ मा राजनीतिमा प्रवेश गरिन् र भारतीय जनता पार्टी र तेलुगु देशम पार्टीमा सामेल भइन् । सौन्दर्या बिहान आफ्नो भाइ अमरनाथसँग करीमनगरमा हुने राजनीतिक र्‌यालीका लागि निस्किएकी थिइन् तर केही मिनेटपछि नै उनको दुर्घटनामा मृत्यु भयो ।

Soundarya-1618657971सय फिट उचाइमा उडेको विमानमा आगलागी हुँदा एक जना यात्रु पनि बाँचेनन्

१७ अप्रिल २००४ मा, सौन्दर्यले बैंगलुरुबाट करीमनगर जाने ४ सिटर निजी विमान क्यासना १८० लिइन् ।  विमान बैंगलुरुको जक्कुर एयर फिल्डबाट बिहान ११ः०५ बजे उडेको थियो तर १०० फिट उचाइमा पुगेपछि आगो लागेको थियो । पूरै विमान ध्वस्त भयो । 

यो विमान बैंगलुरुको गान्धी कृषि विज्ञान केन्द्रको क्याम्पसमा खसेको थियो । क्याम्पसमा एक्सपेरिमेन्ट गरिरहेका केही सीमित व्यक्तिहरू दुर्घटनाका साक्षी बने उद्धारका लागि पुगे । तर विमान पूर्ण रूपमा जलिसकेको थियो र त्यसमा बसेका हरेक यात्रु जलेका थिए । ४ सिटे विमानमा सौन्दर्याबाहेक उनका भाइ अमरनाथ, हिन्दु जागरण समितिका सेक्रेटरी रमेश कदम र विमान चालक जोय फिलिप थिए ।

soundarya3सौन्दर्या आमा बन्न लागेकी थिइन्, अघिल्लो दिन निर्देशकलाई खुसीको खबर दिएकी थिइन्

सौन्दर्याको मृत्युपछि तमिल निर्देशक आर.वी. उदयकुमारले एक अन्तरवार्तामा सौन्दर्या मृत्युको समयमा गर्भवती भएको खुलासा गरेका थिए । उनका अनुसार सौन्दर्याले आफ्नो मृत्युको एक दिन अगाडि निर्देशकलाई फोन गरेकी थिइन् र करिब १ घण्टा लामो कुराकानीमा अभिनेत्रीले अब आमा बन्ने भएकाले धेरै फिल्ममा काम नगर्ने बताइन् । केही समयअघि सौन्दर्याले कन्नड भाषाको रिमेक फिल्म चन्द्रमुखीको सुटिङ पूरा गरिसकेकी थिइन् र यो उनको अन्तिम फिल्म होस् भन्ने चाहन्थिन् । दुर्भाग्यले यस्तै भयो ।

अभिनेता मोहन बाबुले रोकेका थिए तर मानेनन्

भाजपाको चुनावी अभियानमा जानुभन्दा केही दिनअघि सौन्दर्या मोहन बाबुसँग फिल्म शिव शंकरको सुटिङमा थिइन् । छायाङ्कन तालिकाको बीचमा, सौन्दर्याले प्रचारको लागि ब्रेक लिइन् । सामान्यतया मोहन बाबु फिल्मको सुटिङका क्रममा कसैलाई पनि सहर बाहिर जान दिँदैनन् । उसले पनि सौन्दर्यालाई रोक्न खोजे तर सौन्दर्याले जिद्दी गर्दै उनलाई अस्वीकार गरिन् ।

Soundarya2सौन्दर्याले हरेक सुपरस्टारसँग काम गरिन्

सौन्दर्या दक्षिणकी एक मात्र अभिनेत्री थिइन् जो त्यो जमानाका हरेक सुपरस्टारसँग देखिइन् । सूर्यवंशीमा अमिताभ बच्चनसँग देखिनुका साथै सौन्दर्याले रजनीकान्त, कमल हासन, ममुटी, मोहनलाल, विष्णुवर्धनसँग पनि फिल्म गरिसकेकी छिन् ।

अनाथ बालबालिकाका लागि खोलेकी थिइन् ३ वटा विद्यालय

चलचित्रका अलावा सौन्दर्या सामाजिक कार्यमा पनि अगाडि थिइन् । उनले अनाथ बालबालिकालाई सहयोग गर्न ३ वटा विद्यालय खोलेकी थिइन्, जहाँ उनीहरूको शिक्षा निःशुल्क थियो । उनी ९० को दशककी एक मात्र अभिनेत्री थिइन् जसले सामाजिक काममा बढी समय बिताइन् । सौन्दर्याको मृत्युपछि उनकी आमा मञ्जुलाले अमरसौन्दर्य विद्यालय र अमर सौन्दर्य फाउन्डेसन खोलेकी छिन् ।

soundarya5सूर्यवंशमको छायाङ्कनका क्रममा हिन्दी बोल्न नसकेपछि रेखाले डबिङ गरिन्

सौन्दर्याले सन् १९९९ मा फिल्म सूर्यवंशमबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो उनको पहिलो र अन्तिम हिन्दी फिल्म थियो । फिल्म फ्लप भए पनि राधा ठाकुरको भूमिकामा सौन्दर्याले हिन्दी दर्शकमाझ पहिचान बनाइन् । फिल्मको सुटिङ हुँदा सौन्दर्यालाई हिन्दी भाषा आउँदैनथ्यो । त्यसैले रेखाले उनको ठाउँमा फिल्मको डबिङ गरिन् । फिल्ममार्फत अमिताभ बच्चन र रेखा वर्षौँपछि एउटै फिल्मको हिस्सा बनेका थिए ।

मृत्यु हुनुभन्दा एक वर्षअघि विल बनाएकी थिइन्, ११ वर्षसम्म चलेको थियो विवाद 

सौन्दर्याको परिवारमा उनकी आमा मन्जुला, भाइ अमरनाथ, भाउजू निर्मला र भतिजा सात्त्विक थिए । सौन्दर्यासँगै उनका भाइ अमरनाथको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो । दुवैको मृत्यु भएको ५ वर्षपछि सन् २००९ मा निर्मला र उनका छोरा सात्त्विकले मञ्जुला र रघुविरुद्ध सम्पत्तिको मुद्दा दायर गरेका थिए । दुई पक्षबीच वर्षौँदेखि विवाद चलेको थियो । सौन्दर्याको मृत्यु भएको ११ वर्षपछि उनको परिवारले सम्झौता गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप