जयपुरमा डी.ए.भी. कलेजको प्रस्तुति

काठमाडौँ । अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डी.ए.भी कलेज ललितपुरका १८ जना विद्यार्थीहरूले ११ विधाहरूमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन् ।
गत चैत २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरूले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डी.ए.भी. कलेजले सम्पूर्ण विधाहरूमा सहभागिता जनाउँदै समग्रमा तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
तृतीय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहेको थियो । डी.ए.भी., बी.बी.ए.की प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन् भने बी.बी. एस की प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् ।
त्यसैसरि बी.बी.ए. की जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । यस्तै पेन्टिङ प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् ।
यसका अलावा डी.ए.भी. कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्यमा तृतीय स्थान हात पारे ।
त्यसैसरि डी.ए.भी. कलेजका विद्यार्थीहरूले निबन्ध, वादविवाद, अन द स्पट पेन्टिङ कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरूमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे ।
विद्यार्थी टोलीहरूको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए ।
डी.ए.भी. कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरूको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो भने विद्यार्थीहरु विभिन्न उपाधिहरू जित्न योग्य समेत रहेका थिए ।
युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य