जयपुरमा डी.ए.भी. कलेजको प्रस्तुति
काठमाडौँ । अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डी.ए.भी कलेज ललितपुरका १८ जना विद्यार्थीहरूले ११ विधाहरूमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन् ।
गत चैत २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरूले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डी.ए.भी. कलेजले सम्पूर्ण विधाहरूमा सहभागिता जनाउँदै समग्रमा तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
तृतीय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहेको थियो । डी.ए.भी., बी.बी.ए.की प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन् भने बी.बी. एस की प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् ।
त्यसैसरि बी.बी.ए. की जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । यस्तै पेन्टिङ प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् ।
यसका अलावा डी.ए.भी. कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्यमा तृतीय स्थान हात पारे ।
त्यसैसरि डी.ए.भी. कलेजका विद्यार्थीहरूले निबन्ध, वादविवाद, अन द स्पट पेन्टिङ कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरूमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे ।
विद्यार्थी टोलीहरूको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए ।
डी.ए.भी. कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरूको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो भने विद्यार्थीहरु विभिन्न उपाधिहरू जित्न योग्य समेत रहेका थिए ।
युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।

_iRQyDfuZie.jpg)
_8pjbmVBimK.jpg)
_DWyb4LgAM7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण