सुडानमा भएको सैन्य झडपप्रति राष्ट्रसङ्घ प्रमुखको चिन्ता
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन् । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताएका छन् । सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय स्थलमा पनि क्षेप्यास्त्र प्रहार र लुटपाट भएको छ ।
महासचिवले संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध सबै कर्मचारी उनीहरूको आवसीय परिसर, सम्पत्तिको सुरक्षा र अन्य सुरक्षा सुनिश्चित गर्ने दायित्वसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने आवश्यकताबारे दुवै पक्षलाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ । गुटेर्रेसले युद्ध तत्काल रोक्न र वार्तामा फर्कन आफ्नो आह्वान दोहोर्याउँदै यस सङ्कटबाट बाहिर निस्कनका लागि क्षेत्रीय नेता र सुडानी सरोकारवालाहरूसँग निरन्तर संवाद जारी राख्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण