बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

तीनवटा जहाज किन्न निगमले बनायो सात सदस्यीय उपसमिति

सोमबार, ०४ वैशाख २०८०, १६ : ५८
सोमबार, ०४ वैशाख २०८०

काठमाडौं । नेपाल वायु सेवा निगमले तीनवटा जहाज किन्न सात सदस्यीय उपसमिति गठन गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलकाअनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको हो । ‘जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिदवारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ’, प्रवक्ता पौडेलको भनाइ छ ।

निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको जनाएको छ । ‘निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ’, प्रवक्ता पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जहाज खरिदपछि पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास व्यक्त गर्दै यसबाट आफ्नो राष्ट्रि«य र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप