शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्मार्ट टेलिकम लाइसेन्स खारेजी प्रक्रिया : उच्च अदालतद्वारा कारण देखाउ आदेश

सोमबार, ०४ वैशाख २०८०, १७ : ३३
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । उच्च अदालत पाटनले स्मार्ट टेलिकमले दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । स्मार्ट टेलिकमले दायर गरेको मुद्दामा सुनुवाई गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई अदालतले कारण देखाउन आदेश दिएको हो ।

स्मार्ट टेलिकमलाई प्राधिकरणले हिजो आइतबारसम्ममा लाइसेन्स नवीकरण गर्न समयसीमा तोकेको थियो । तर, उक्त अवधिमा कम्पनीले नवीकरण नगरेपछि स्वतः खारेजीको प्रक्रिया अघि बढेको थियो । तर, स्मार्ट टेलिकम नवीकरण शूल्क बुझाउन छाडेर अदालतको ढोका ढकढक्याउन पुगेको थियो । उक्त मुद्दाको पेसी आजै तोकिएको र

न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्राधिकरणलाई कारण देखाउन आदेश दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप