आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

५९ जिल्ला पुग्यो पाठ्यपुस्तक

सोमबार, ०४ वैशाख २०८०, १८ : ३०
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । 

गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । 

सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । 

अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताए । 

उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरे । उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्री वितरण गरिरहेको जानकारी दिए । 

उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पु¥याइ विद्यार्थीहरुलाई वितरण गरेको बताए । उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए ।  

प्रबन्धक झाले कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्री वितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको बताए । 

उनले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गरे । उनले दुर्गम हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए । उनले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पु¥याउन सफल भएको बताए । 

उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पु¥याएकाले सहज भएको बताए । 

उनले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालु पुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पु¥याउन सकिएको बताए ।  

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । उहाँले पुस्तक बिक्री वितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । 

उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए । 

केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ लाख ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्री वितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरूमा पुस्तक पुग्न बाँकी रहेको छ । 

जसमा सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेका छ । 

सामग्री केन्द्रका अनुसार बिक्री वितरण हुन बाँकी जिल्लाहरुका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पु¥याउने गरी  काम गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप