सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’ चलाउने दुई जना पक्राउ

मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : ४९
मङ्गलबार, ०५ वैशाख २०८०

न्यूयोर्क। अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइना टाउन क्षेत्रमा भएको हो ।

युएस डिपार्टमेन्ट अफ जस्टिसका अनुसार ६१ वर्षका लु जियानवांग र ५९ वर्षका चेन जिनपिङले चीनको पब्लिक सिक्योरिटी मन्त्रालयको तर्फबाट म्यानहट्टनमा पहिलो विदेशी पुलिस थाना खोल्ने कोसिस गरेका थिए ।

पक्राउ परेका व्यक्ति दुवै चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क सहरमा बस्छन् ।

दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । उनीहरुलाई सोमबार ब्रुकलिनको सङ्घीय अदालतमा पेस गरिएको थियो ।

चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक पटक भनिसकेको छ । उनीहरुले यसलाई विदेशमा बसिरहेका चिनियाँ नागरिकलाई सेवा दिने ‘सर्भिस सेन्टर’ बताएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप