अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’ चलाउने दुई जना पक्राउ
मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : ४९
न्यूयोर्क। अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइना टाउन क्षेत्रमा भएको हो ।
युएस डिपार्टमेन्ट अफ जस्टिसका अनुसार ६१ वर्षका लु जियानवांग र ५९ वर्षका चेन जिनपिङले चीनको पब्लिक सिक्योरिटी मन्त्रालयको तर्फबाट म्यानहट्टनमा पहिलो विदेशी पुलिस थाना खोल्ने कोसिस गरेका थिए ।
पक्राउ परेका व्यक्ति दुवै चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क सहरमा बस्छन् ।
दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । उनीहरुलाई सोमबार ब्रुकलिनको सङ्घीय अदालतमा पेस गरिएको थियो ।
चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक पटक भनिसकेको छ । उनीहरुले यसलाई विदेशमा बसिरहेका चिनियाँ नागरिकलाई सेवा दिने ‘सर्भिस सेन्टर’ बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण