अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौँ लगियो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ ।
सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए । उनका अनुसार बेहोस अवस्थामा जीवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको सिभिल अस्पतालमा लगिएको छ । सेभेन समिट टे«कमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए ।
पायनियर टे«किङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएका कौर अक्सिजनको कमीका कारण बेहोस भएका हुन् । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए । उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार आज चार वटा हेलिकप्टरमार्फत खोजी गरिएको थियो ।
सिम्रिक, कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका हेलिकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो ।
विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण