प्रकाश सपुतको ‘सकम्बरी’ गीतप्रति रात्रीकालिन मनोरञ्जन व्यावसायिक संघको आपत्ति
काठमाडौँ । गायक प्रकाश सपूतले केही दिन अगाडि सार्वजनिक गरेको गीत ‘सकम्बरी’ प्रति रात्रीकालिन मनोरञ्जन व्यावसायिक संघ नेपालले आपत्ति जनाएको छ । गीतमा प्रयोग भएका शब्द र भिडियोले रात्रिकालिन ब्यावसायमा काम गर्ने कलाकारहरुमाथि प्रहार गरेको भन्दै गीत समेत हटाउन संघले माग गरेको छ ।
‘गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी, नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ‘पीर’ र ‘फूलमाया–सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन्’, संघद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन्, यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् ?’
नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र भूकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रीकालीन मनोरञ्जन ब्यावसायको नकारात्मक प्रचार नगर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।
अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षर विज्ञप्तिमा भिडियो र गीतको केहि शब्द प्रति आपत्ति रहेको भन्दै घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण