शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतको ‘सकम्बरी’ गीतप्रति रात्रीकालिन मनोरञ्जन व्यावसायिक संघको आपत्ति

मङ्गलबार, ०५ वैशाख २०८०, २१ : ३३
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । गायक प्रकाश सपूतले केही दिन अगाडि सार्वजनिक गरेको गीत ‘सकम्बरी’ प्रति रात्रीकालिन मनोरञ्जन व्यावसायिक संघ नेपालले आपत्ति जनाएको छ । गीतमा प्रयोग भएका शब्द र भिडियोले रात्रिकालिन ब्यावसायमा काम गर्ने कलाकारहरुमाथि प्रहार गरेको भन्दै गीत समेत हटाउन संघले माग गरेको छ ।

‘गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी, नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ‘पीर’ र ‘फूलमाया–सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन्’, संघद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन्, यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् ?’ 

नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र भूकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रीकालीन मनोरञ्जन ब्यावसायको नकारात्मक प्रचार नगर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । 

अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षर विज्ञप्तिमा भिडियो र गीतको केहि शब्द प्रति आपत्ति रहेको भन्दै घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप