सर्लाहीमा फालेको अवस्थामा ५ लाख नक्कली नोट बरामद
बुधबार, ०६ वैशाख २०८०, ११ : १२
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित सडकमा फालेको अवस्थामा नेपाली नक्कली रुपैयाँ भेटिएको छ । फोहोर फाल्ने ठाउँमा छोडेको अवस्थामा ५ लाख ३० हजार नक्कली रुपैयाँ भेटिएको सर्लाहीका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । बरामद नेपाली रुपैयाँ १ हजार दरका छन् । नक्कली नोट कारोबारमा संलग्नहरूबारे इलाका प्रहरी कार्यालय लालबन्दीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पछिल्लो ३ महिनामा सर्लाहीबाट ९ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । जाली नोट कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश