सर्लाहीमा फालेको अवस्थामा ५ लाख नक्कली नोट बरामद
बुधबार, ०६ वैशाख २०८०, ११ : १२
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित सडकमा फालेको अवस्थामा नेपाली नक्कली रुपैयाँ भेटिएको छ । फोहोर फाल्ने ठाउँमा छोडेको अवस्थामा ५ लाख ३० हजार नक्कली रुपैयाँ भेटिएको सर्लाहीका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । बरामद नेपाली रुपैयाँ १ हजार दरका छन् । नक्कली नोट कारोबारमा संलग्नहरूबारे इलाका प्रहरी कार्यालय लालबन्दीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पछिल्लो ३ महिनामा सर्लाहीबाट ९ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । जाली नोट कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण