बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार विभागको तथ्यांक : नेपालबाट १ अर्ब ५५ करोडको पिना निर्यात

बुधबार, ०६ वैशाख २०८०, १३ : ५६
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १ अर्ब ५५ करोड रुपैयाँको पिना निर्यात निर्यात भएको छ । साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको पिना निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

विभाको तथ्यांकअनुसार यस अवधिमा ३ करोड २४ लाख ४० हजार किलोग्राम पिना निर्यात भएको छ । विभागका अनुसरा नेपालबाट निर्यात हुने सबै पिना भारततर्फ निर्यात हुन्छ ।

नेपालले विश्वका धेरै देशबाट कच्चा तेल ल्याएर प्रशोधन गर्दै भारततर्फ निर्यात गर्दै आएको छ । युक्रेन, ब्राजिल, अर्जेन्टिना लगायत दक्षिण अमेरिकी देशबाट तोरी र भटमासको कच्चा तेल आयात हुँदै आएको छ ।

उक्त तेल प्रशोधन गरेर उद्योगीले भारततर्फ निर्यात गर्दै समेत आइरहेका छन् । यसैक्रममा पिना समेत निर्यात हुने गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप