भन्सार विभागको तथ्यांक : नेपालबाट १ अर्ब ५५ करोडको पिना निर्यात
बुधबार, ०६ वैशाख २०८०, १३ : ५६
काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १ अर्ब ५५ करोड रुपैयाँको पिना निर्यात निर्यात भएको छ । साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको पिना निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।
विभाको तथ्यांकअनुसार यस अवधिमा ३ करोड २४ लाख ४० हजार किलोग्राम पिना निर्यात भएको छ । विभागका अनुसरा नेपालबाट निर्यात हुने सबै पिना भारततर्फ निर्यात हुन्छ ।
नेपालले विश्वका धेरै देशबाट कच्चा तेल ल्याएर प्रशोधन गर्दै भारततर्फ निर्यात गर्दै आएको छ । युक्रेन, ब्राजिल, अर्जेन्टिना लगायत दक्षिण अमेरिकी देशबाट तोरी र भटमासको कच्चा तेल आयात हुँदै आएको छ ।
उक्त तेल प्रशोधन गरेर उद्योगीले भारततर्फ निर्यात गर्दै समेत आइरहेका छन् । यसैक्रममा पिना समेत निर्यात हुने गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण