आईपीएल क्रिकेट : राजस्थानविरुद्ध लखनउको जित
बिहीबार, ०७ वैशाख २०८०, ०८ : ०८
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको छ । लिगमा लखनउको यो चौथो जित हो ।
बुधबार सवाइ मनसिंह रङ्गशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनायो ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो ।
जितसँगै ६ खेलबाट आठ अङ्क जोडेको लखनउ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अङ्क नै जोडेको राजस्थान शीर्ष स्थानमा यथावत् छ ।
प्रतियोगितामा आज रोयल च्यालेन्जर्स् बेङ्लोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण