दर्शक भेट्न मोफसल यात्रामा निस्किए धिरज–जसिता
काठमाडौँ । ‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट रिलिज हुने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका मुख्य कलाकार अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मोफसल यात्रामा निस्किएका छन् । फिल्मको प्रचार गर्दै दर्शकसँग साक्षात्कार गर्न उनीहरू बिहीबार मोफसल यात्रामा निस्किएका हुन् । बुटवलका दर्शकसँग उनीहरुले शुक्रवार भेटघाट गर्ने निर्माणपक्षले बताएको छ । निर्देशक रेनशा वान्तवा राईले भनिन्– ‘फिल्म चल्नु अगाडि नै हामी दर्शकहरूसँग भेटघाट गर्न आतुर छौँ । दर्शकले हाम्रो फिल्मलाई लिएर कस्तो विचार व्यक्त गर्नुहोला भन्ने कुराले म आफै पनि उत्साहित छु ।’
बुटवलका विभिन्न कलेज, सिनेमा भवनमा धिरज र जसिताले दर्शकसँग कुराकानी गर्नेछन् । यस्तै, वैशाखको ९ गते शनिवार उनीहरुले नेपालगन्जका दर्शकसँग साक्षात्कार गर्नेछन् । यसका लागि नेपालगन्जमा रहेको क्यूएफएक्स, बागेश्वरीमा धिरज र जसिता पुग्नेछन् ।
धिरज र जसिताले बुटवल र नेपालगन्जका दर्शकलाई शुक्रवार र शनिवार भेट्नका लागि आग्रह गरेका छन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा छुट्टै खालको उत्साह छ । डान्सको कथामा तयार भएको फिल्ममा धिरजलाई २ अवतारमा देख्न सकिन्छ । जसिताले भने फिल्ममा आफ्नो सपना पुरा गर्नका लागि मिहिनेत गर्ने एक युवतीको भूमिकामा अभिनय गरेकी छिन् । आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण