कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।
२८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेकी हुन् । बुधबार गर्ने भनिएको शपथ कांग्रेस केन्द्रको दबाबका कारण रोकिएको थियो । तर, बिहीबार बिहान कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरुको प्रयासमा विवादलाई साम्य पार्दै मन्त्री नियुक्त र शपथ कार्यक्रम सम्भव भएको थियो ।
मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण