बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एलन मस्कको सबैभन्दा शक्तिशाली रकेटमा प्रक्षेपण गरेको ४ मिनेट पछि विस्फोट

शुक्रबार, ०८ वैशाख २०८०, १० : ४६
शुक्रबार, ०८ वैशाख २०८०

विश्वको सबैभन्दा शक्तिशाली रकेट बुधवार उडेको ४ मिनेटपछि मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको छ । यो बेलुका करिब ७ बजे टेक्ससको बोका चिकाबाट प्रक्षेपण गरिएको थियो । यो स्टारशिपको पहिलो (आर्बिटल टेस्ट) परिक्रमा परीक्षण थियो ।

स्टेनलेस स्टिल स्टारशिप स्पेसएक्स, विश्वको दोस्रो धनी व्यापारी एलन मस्कको कम्पनीले बनाएको हो । स्पेसएक्सले भन्यो – स्टेज सेपरेसनभन्दा अघि स्टारशिपले र्‌यापिड अनशेड्युल्ड डिसअसेम्बली एक्सपिरियन्स गर्‍यो । यस्तो खालको परीक्षणबाट हामीले जे सिक्छौँ, त्यसले सफलता मिल्छ । आजको परीक्षणले हामीलाई स्टारशिपको विश्वसनीयतामा सुधार गर्न मद्दत गर्नेछ ।

एलन मस्कले यस प्रक्षेपणका लागि टोलीलाई बधाई दिए । उनले ट्विटरमा लेखे, ‘स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा स्पेसएक्स टोलीलाई बधाई छ । केही महिनापछि अर्को प्रक्षेपणका लागि धेरै कुरा सिकियो ।’ यसअघि सोमबार पनि यसलाई प्रक्षेपण गर्ने कोसिस गरिएको थियो तर प्रेसर वाल्ज फ्रिज भएका कारण प्रक्षेपणको ३९ सेकेन्ड अघि रोकियो ।

elon muskलन्चप्याडबाट रकेटको उडान नै ठुलो सफलता

स्पेसएक्सले भन्यो – टोलीले डाटा समीक्षा गर्न जारी राख्नेछ र अर्को उडान परीक्षणको लागि काम गर्नेछ । स्टारशिप फेल हुँदा पनि, कर्मचारीहरू स्पेसएक्स मुख्यालयमा उत्सव मनाउँदै गरेको देखियो किनभने लन्चप्याडबाट रकेट उडान एक ठुलो सफलता हो । एलन मस्कले पनि स्टारशिप प्रक्षेपणको दुई दिन अघि भने – सफलता सायदै हासिल होला तर उत्साहको प्रत्याभूति दिन सक्छु ।

elon musk1लिफ्टअफको चार मिनेटपछि रकेटले आफैँलाई नष्ट गर्‍यो

– सुपर हेभी बुस्टरमा राखिएको ३३ इन्जिन प्रज्वलित भए र स्टारशिप बिस्तारै माथि उड्यो ।

– लगभग एक मिनेटपछि रकेट अधिकतम एयरोडायनेमिक दबाबको अवस्थाबाट गुज्रियो ।

elon musk2– सुपर हेभी बुस्टर स्टेजमा थुप्रै इन्जिन फेल भएका कारण रकेट अनियन्त्रित हुन थाल्यो ।

– अपर स्टेज स्टारशिप ह्विकल बुस्टरबाट अलग हुनुपर्ने थियो तर यस्तो हुन सकेन ।

– लिफ्टअपको चार मिनेटपछि अटोमेटिक फ्लाइट टर्मिनेसन सिस्टमले रकेटलाई नष्ट गरिदियो ।

ezgif.com-gif-to-mp4स्टारशिपले मानिसलाई मङ्गल ग्रहमा पुर्‍याउँछ

यो प्रक्षेपण यस कारण महत्त्वपूर्ण थियो किनभने यो अन्तरिक्ष यानले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक मानिसले पृथ्वीबाहेक अन्य ग्रहमा पाइला टेक्नेछ । मस्क सन् २०२९ सम्ममा मानिसलाई मङ्गल ग्रहमा लैजान र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप