बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौमा

मङ्गलबार, २२ फागुन २०७४, १३ : २२
मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं– माछापुच्छ्रे बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बैंकले आफ्नो केन्द्रीय कार्यालय गण्डकी कास्कीको लेखनाथबाट  काठमाडौको लाजिम्पाटमा स्थानान्तरण गरेको छ ।
उक्त बैंकको कार्यालय गत फागुण २१ गते, सोमबारदेखि स्थानान्तरण  भएको बैंकले जनाएको  छ ।
 सो बैंक २०५४ सालमा पोखरामा संस्थापना भई संचालन हुदै आएको थियो ।
बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ८० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बै‌किङ्ग सुबिधा  प्रदान गरिरहेको छ । 
साथै, बै‌कको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप