शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास हुँदैछ : सञ्चारमन्त्री

शुक्रबार, ०८ वैशाख २०८०, १६ : २१
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा उनले यस्तो बताएकी हुन् ।  ‘सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लग्ने सोचिएको छ ।

यसो हुँदा विज्ञापनमा हुने चुहावट रोकिने छ । विज्ञापनमा चुहावट भएर ९० प्रतिशतसम्म डिस्काउन्ट दिएर मिडियामा छापिने रहेछ । विज्ञापन लग्ने र दिने मिले केही नहुने रहेछ’ शर्माले भनिन्, ‘अब विज्ञापनको सवालमा यस्तो हुँदैन । पत्रकारिता पेशा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एकद्वार प्रणालीमा जाने छ । विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन ।’ 

संघीय सरकारदेखि प्रदेश र स्थानीयतहमा विज्ञापन एकद्वार प्रणालीमा कसरी लग्न सकिन्छ भन्ने विषयमा सुझाव दिने शर्माले आग्रह गरिन् । वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरु नसमेटिनु दुःखद भएको शर्माले बताइन् । ‘वैदेशिक रोजगारीमा भएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेटि सकिएको छ । अब पत्रकारलाई सामाजिक नसमेट्ने भन्ने हुँदैन । नीतिगत रुपमा व्यवस्था गरेर सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिने छ’ शर्माले भनिन् ।  पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न शर्माले सुझाव दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप