आईपीओ बिक्री खुलाउँदै थ्री स्टार, क–कसले आवेदन दिन पाउँछन् ?
शनिबार, ०९ वैशाख २०८०, १२ : ४७
काठमाडौँ । थ्री स्टार हाइड्रोपावरले आउँदो सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र निष्कासन बोर्डका अनुसार हाइड्रोपावरले सोमबारदेखि स्थानीयसँगै वैदेशिक रोजगारीमा गएकाहरुलाई समेत आईपीओ बिक्री गर्नेछ । हाइड्रोपावरको जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँ छ ।
जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्नेछ । यसमध्येबाट १० प्रतिशतले हुन आउने ४ लाख ९२ हजार ५०० कित्ता सेयर खोटाङका स्थानीयलाई वितरण गर्ने छ । यस्तै, १० प्रतिशतले नै हुन आउने सोही बराबरको सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको कम्पनीले जनाएको छ । यो सेयरमा ११ गतेदेखि २५ गतेसम्ममा आवेदन दिन पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण