मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीओ बिक्री खुलाउँदै थ्री स्टार, क–कसले आवेदन दिन पाउँछन् ?

शनिबार, ०९ वैशाख २०८०, १२ : ४७
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । थ्री स्टार हाइड्रोपावरले आउँदो सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र निष्कासन बोर्डका अनुसार हाइड्रोपावरले सोमबारदेखि स्थानीयसँगै वैदेशिक रोजगारीमा गएकाहरुलाई समेत आईपीओ बिक्री गर्नेछ । हाइड्रोपावरको जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँ छ ।

जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्नेछ । यसमध्येबाट १० प्रतिशतले हुन आउने ४ लाख ९२ हजार ५०० कित्ता सेयर खोटाङका स्थानीयलाई वितरण गर्ने छ । यस्तै, १० प्रतिशतले नै हुन आउने सोही बराबरको सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको कम्पनीले जनाएको छ । यो सेयरमा ११ गतेदेखि २५ गतेसम्ममा आवेदन दिन पाइने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप