यस्तो छ तनहुँ, चितवन र बारा उपनिर्वाचनको नमुना मतपत्र
काठमाडौँ । वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन अन्तर्गत यतिबेला मौन अवधि जारी छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान हुँदैछ । उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
तनहुँमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ भने चितवनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बारामा सबैभन्दा धेरै ३४ जना उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक समेत गरेको छ ।
नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ । यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिन्ह रहेको छैन । गठबन्धन दललाई माओवादीले सघाएर उम्मेदवारी नदिएका कारण ३ क्षेत्रको उपनिर्वाचनको मतपत्रमा माओवादीको उपस्थिति छैन ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण