तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।
उनले भने, ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले आज पत्र दर्ता गराउनुभएको छ । विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । तर, १५ गतेसम्मका लागि समय टन्नै छ ।’
शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसयता शर्माले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण