घट्दै डलरको बजार, बंगलादेशले पनि भारुमा वैदेशिक व्यापार गर्ने
काठमाडौँ । पछिल्लो समय विश्वभरका देशहरूले अमेरिकी डलरको कारोबार घटाउँदै लगेको समयमा बंगलादेशले पनि निर्भरता घटाउने नीति लिएको छ । यसअघि नै चीनको युआनमा कारोबार गर्ने निर्णय गरिसकेको बंगलादेशले अब भारुमा कारोबार गर्ने नीति अघि बढाएको हो ।
यो नीतिअनुसार भारतसँग हुने सम्पूर्ण वैदेशिक व्यापारको भुक्तानी भारुतीय रुपैयाँमा हुनेछ । भारत र बंगलादेशका प्रतिनिधिहरुले गरेको सम्झौताअनुसार दुई देशबीच भारुमा कारोबार हुन कम्तीमा ६ महिना लाग्छ । त्यसपछि, २ देशबीचको व्यापारमा प्रयोग हुने डलरको स्थान भारुले लिन्छ ।
बंगलादेश बैंकका कार्यकारी निर्देशक मेजबाउल हंकले बंगलादेश र भारतबीचको व्यापार भारुमा गर्न ६ महिना लाग्ने बताए । उनले दुई देशका प्रतिनिधिबीच सैद्धान्तिक सहमती भइसकेको र यसको प्रक्रिया अघि बढाइएको बताए ।
यो सम्झौता गर्न यही अप्रिलमा भारतका प्रतिनिधिमण्डल बंगलादेश पुगेका थिए । दुई देशबीचको व्यापार भारुमा गर्नका लागि बंगलादेशका सोनाली र इस्र्टन बैंक सामेल हुन्छन भने भारतका स्टेट बैंक अफ इण्डिया र आईसीआईसीआई बैंक सामेल हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण