शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ट्राभल एजेन्सीमा एकै दिन दुई पटक चोरी : पहिला लुटेराले लुटे, पछि प्रहरीले

सोमबार, ११ वैशाख २०८०, १५ : ५३
सोमबार, ११ वैशाख २०८०

एउटा ट्राभल एजेन्सी एकै दिन दुई पटक लुटिएको छ । अर्जेन्टिनाको उक्त ट्राभल एजेन्सीलाई सुरुमा दुई जना लुटेराले लुटे भने पछि ती लुटेरा समात्नुपर्ने प्रहरी अधिकारीले लुटे ।

अघिल्लो बुधवार हतियारधारी दुई लुटेराले ब्युनस आयर्समा रहेको एक ट्राभल एजेन्सीका कर्मचारीलाई हतियार देखाएर लाखौँ रकम लुटे । लुटेरा कार्यालयबाट जाने बित्तिकै पीडितले प्रहरीलाई बोलाए तर त्यो सबैभन्दा ठुलो गल्ती साबित भयो । फोन गरेको करिब १० मिनेटपछि तीन जना प्रहरी घटनास्थल पुगे । कर्मचारीसँग सोधपुछ गरे । त्यसपछि प्रहरी अपराधीलाई खोजी गर्न भनी कार्यालयबाट निस्किए । त्यति नै बेला एजेन्सीका एक कर्मचारीले लुटेराले छोडेको करिब ९४ लाख रुपैयाँ (४ मिलियन पेसोस) भएको कालो ब्याग कतै पनि नदेखिएको याद गरे ।

robbery1कर्मचारीमध्ये एक जनाले प्रहरी आउन्जेलसम्म पनि उक्त ब्याग त्यहाँ नै भएको दाबी गरे । उनले झुटो बोलेका थिएनन् । सिसिटिभी फुटेजमा एक जना प्रहरी अधिकारीले काखी मुनी ब्याग च्यापेर हिँडिरहेको देखियो । ट्राभल एजेन्सीले सुरुमा त प्रहरीले प्रमाणको रूपमा यसो गरेको सोच्यो तर पछि यो गलत साबित भयो ।

पैसा भएको ब्यागबारे जानकारी लिन ट्राभल एजेन्सीका मालिकले प्रहरी स्टेसनमा फोन गरे तर प्रहरी अधिकारीले उक्त ब्यागबारे पुलिस थानामा केही पनि जानकारी नदिएको बताइयो । त्यसपछि भने ट्राभल एजेन्सीका मालिकले आफूलाई प्रहरीले पनि लुटेको हो कि भन्ने शङ्का गर्न थाले । 

सेक्युरिटी क्यामेरा फुटेज अनुसन्धान गरेपछि ट्राभल एजेन्सीले तीन जना प्रहरीलाई पक्राउ गर्दै अदालतको सामु पेस गर्नुपर्ने माग राखेको छ । सिसिटिभी फुटेजमा देखिए अनुसार तीन जना प्रहरी अधिकारीले सातौँ तलाबाट बाहिर निस्कनका लागि भर्‍याङको प्रयोग गरेका थिए जबकि निकै सजिलो लिफ्ट उपलब्ध थियो । अनुसन्धानकर्ताका अनुसार लिफ्टमा सेक्युरिटी क्यामरा देखेपछि उनीहरुले यसबाट बच्न भर्‍याङ प्रयोग गरेका थिए । 

‘उनीहरुले एलिभेटरमा क्यामरा देखे त्यसैले यसबाट बच्न उनीहरुले त्यो चढेनन् तर कोरिडोरमा पनि क्यामरा थियो भनेर उनीलाई पत्तो भएन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

ती तीन जना अधिकारीलाई यसै हप्ता पक्राउ गरिएको छ । पैसाले भरिएको उक्त कालो ब्याग तीमध्ये एक जनाको घरमा भेटियो । बाँकी दुई जनाले आफू यसमा संलग्न नभएको दाबी गर्दै आफ्नो साथी अपराधी हुनै नसक्ने बताए । यी तीन प्रहरी अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गरिँदै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप