‘सनक’का लागि गायक बादशाहले मागे माफी, के हो पुरा घटना ?
सोमबार, ११ वैशाख २०८०, १६ : २७
र्यापर बादशाहले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका छन् । उनले इन्स्टाग्राममा लेखेको पोस्टमा आफूले अनजानमा कसैलाई चोट पुर्याउने सोच्न पनि नसक्ने बताएका छन् ।
उनको यो गीतलाई लिएर विवाद बढ्दै गइरहेको थियो । बादशाहले आफू सधैँ आफ्ना गीतमा संवेदनशील हुने कोसिस गरेको बताएका छन् ।
एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।
समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए ।
र्यापरले आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राख्न लागेको बताएका छन् । यो परिवर्तन च्यानलमा आउन समय लाग्न सक्ने पनि गायक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण