बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘सनक’का लागि गायक बादशाहले मागे माफी, के हो पुरा घटना ?

सोमबार, ११ वैशाख २०८०, १६ : २७
सोमबार, ११ वैशाख २०८०

र्‌यापर बादशाहले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका छन् । उनले इन्स्टाग्राममा लेखेको पोस्टमा आफूले अनजानमा कसैलाई चोट पुर्‍याउने सोच्न पनि नसक्ने बताएका छन् ।

उनको यो गीतलाई लिएर विवाद बढ्दै गइरहेको थियो । बादशाहले आफू सधैँ आफ्ना गीतमा संवेदनशील हुने कोसिस गरेको बताएका छन् । 

एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by BADSHAH (@badboyshah)

समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए ।

र्‌यापरले आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राख्न लागेको बताएका छन् । यो परिवर्तन च्यानलमा आउन समय लाग्न सक्ने पनि गायक बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप