शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

सोमबार, ११ वैशाख २०८०, २२ : ३६
सोमबार, ११ वैशाख २०८०

हेटौंडा । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–३ कालिदमारस्थित भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मिलडाँडा तर्फबाट हाँडिखोलातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर सोमबार साँझ ८ बजे आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय राजकुमार प्रजा, मनहरी(३ हाँडिखोला बस्ने ३० वर्षीय बिरमान रुम्बा र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमारको हेटौंडास्थित चुरेहिल अस्पताल, बिरमान र प्रविणको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।  उनका अनुसार दुर्घटनामा परि मनहरी–३ हाँडिखोला बस्ने २४ वर्षीय अमृत प्रजा र ठेगाना नखुलेको ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । घाइते दुबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप