मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु
हेटौंडा । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–३ कालिदमारस्थित भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मिलडाँडा तर्फबाट हाँडिखोलातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर सोमबार साँझ ८ बजे आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय राजकुमार प्रजा, मनहरी(३ हाँडिखोला बस्ने ३० वर्षीय बिरमान रुम्बा र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमारको हेटौंडास्थित चुरेहिल अस्पताल, बिरमान र प्रविणको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा परि मनहरी–३ हाँडिखोला बस्ने २४ वर्षीय अमृत प्रजा र ठेगाना नखुलेको ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । घाइते दुबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण