श्रीमती अर्पिताको ट्रोलिङमा आयुष शर्माले मौनता तोडे : भने, ‘उनलाई कालो छालाको याद दिलाइन्छ, तौलको मजाक उडाइन्छ’
अभिनेता आयुष शर्माले हालै आफ्नी श्रीमती अर्पिता खान शर्माको बारेमा कुरा गरेका छन् । यस क्रममा उनले आफ्नी श्रीमतीको खिल्ली उडाउने ट्रोलर्समाथि निशाना साँधेका छन् । आयुषका अनुसार आफ्नो कालो वर्ण र तौलको खिल्ली उडाए पनि अर्पिता आफूमाथि गर्व महसुस गर्छिन् ।
टेडएक्स कार्यक्रमको भिडियो हालै सार्वजनिक भएको छ । यसमा आयुषले उनकी श्रीमती अर्पिता एक सार्वजनिक व्यक्तित्व भएका कारण उनलाई निशाना बनाइन्छ । उनले अनलाइनमा कुनै पनि फोटो अपलोड गर्दा मानिसहरूले उनको खिल्ली उडाउने आयुषले बताएका छन् ।
आयुष शर्माले ट्रोलर्समाथि निशाना साँधे
आयुष भन्छन्, ‘मेरी श्रीमतीलाई धेरै तौल भएका कारण लगातार ट्रोल गरिन्छ । मानिसहरूलाई लाग्छ कि यदि उनी एक सेलिब्रिटी हुन् भने उनी यति मोटी हुनु हुँदैन । उनी किन काली छिन् ? उनले एक सेलिब्रिटीले झैँ कपडा लगाउनुपर्छ । उनले प्रत्येक पटक फोटो राख्दा उनलाई तत्काल उनको कालो वर्णको याद दिलाइन्छ ।’
एक मानिसको रूपमा तपाईं कति सुन्दर हुनुहुन्छ, कोही जान्न चाहँदैनन्
आयुष थप्छन्, ‘आज आन्तरिक सुन्दरता के हो भन्ने कुरा मान्छेले बुझ्न छोडे । एक मानिसको रूपमा तपाईं कति सुन्दर हुनुहुन्छ भन्ने कुरा कोही बुझ्न चाहँदैनन् । मानिसहरू तपाईंलाई बाहिरी रूपमा मात्रै सुन्दर देख्न चाहन्छन् । मलाई आफ्नी श्रीमतीमाथि गर्व छ किनभने उनी आफ्नो छालासँग सहज छिन् । उनले मानिसको ट्रोलिङलाई आफ्नो जीवनमा हावी हुन दिइनन् । उनले आफ्नो जीवनलाई आफूले चाहे जसरी बाँच्छिन् ।’
आफूलाई सेलिब्रिटी मान्दिनन् अर्पिता
आयुषले थपिन्, ‘मसँग एक्लै हुँदा उनले मलाई आफू सेलिब्रिटी होइन भनेर भन्छिन् । उनले भन्छिन्, ‘म सेलिब्रिटी होइन, सेलिब्रिटी बन्नका लागि मैले केही गरेकै छैन । म कहिल्यै क्यामराको अगाडि जान चाहन्नँ । त्यसैले म जे छु, ठिक छु । म जीवनलाई आफ्नो हिसाबले बाँच्न चाहन्छु । ’
स्मरण रहोस्, अर्पिता र आयुष सन् २०१४ मा विवाह बन्धनमा बाँधिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण