प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका प्रमुखलाई फूलमाला लगाएर धन्यवाद !
काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका छन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।
बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ । राम्रै नम्बर दिएकाहरूको हकमा समेत कम नम्बर देखाइएको छ ।
प्रयोगात्मक परीक्षामा उपस्थित भएर पनि नतिजामा अनुपस्थित देखाएपछि विद्यार्थीहरूले छानविनको माग गरेका थिए । तर, क्याम्पस प्रमुखले छानविनको लागि आनाकानी गरेपछि विरोध र व्यङ्ग्य स्वरूप फूलमाला लगाएर भविश्यमाथि खेलबाड गरेको भन्दै विद्यार्थीले धन्यवाद दिएका हुन् ।
२०७७ ब्याचका विद्यार्थीहरूले उक्त समस्या क्याम्पसको लापरवाहीका कारण भएको बताएका छन् । तर, क्याम्पसले भने आफ्नो कुनै कमजोरी नदिएको भन्दै पन्छिन खोजिरहेको विद्यार्थीहरूले बताएका छन् ।
फूलमाला लगाएर धन्यवाद दिएपछि क्याम्पस प्रमुख ज्ञवालीले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण