गुणस्तरीय काम नगर्ने कम्पनीको ठेक्का रद्द गर्ने मन्त्री ज्वालाको चेतावनी
मङ्गलबार, १२ वैशाख २०८०, १५ : २९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सो कुरा बताए ।
उनले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताए ।
मन्त्री ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसदलाई जानकारी गराए ।
मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण