सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय काम नगर्ने कम्पनीको ठेक्का रद्द गर्ने मन्त्री ज्वालाको चेतावनी

मङ्गलबार, १२ वैशाख २०८०, १५ : २९
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सो कुरा बताए ।   

उनले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताए ।  

मन्त्री ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसदलाई जानकारी गराए ।  

मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप