सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत

लण्डन । बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएको जनाएसँगै बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउने घोषणा गरेको हो । आफ्ना नागरिकलाई सुडानमा असुरक्षित छाडेकामा व्यापक आलोचना भएपछि सरकारले बेलायती राहदानी वाहकहरूलाई सुडानबाट फिर्ता ल्याउने बताएको हो ।
सन् २०२१ मा अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्दा पनि बेलायतको आलोचना भएको थियो । गए रातिदेखि सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ ।
प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको उडानबाट बेलायती नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया प्रारम्भ भएको बताए । बालबालिका, वृद्धवृद्धाका साथै कमजोर अवस्थामा रहेका परिवारलाई उद्धारको प्रथम प्राथमिकतामा राखिएको उनले बताए । उद्धार अभियानलाई जटिल कार्य भन्दै उनले बेलायतको सशस्त्र सेना,कूटनीतिज्ञ र अभियानमा संलग्न अन्य व्यक्तिको सराहना गरे ।
प्रधानमन्त्री सुनकले सुडानमा रक्तपात अन्त्य गर्न र लोकतान्त्रिक सरकालाई बेलायतबाट निरन्तर सहयोग एवम् समर्थन रहने बताए ।
बेलायतका विदेशमन्त्री एन्ड्र्यु मिचेलले सुडानमा दोहोरो नागरिकता भएका करिब चार हजार बेलायती र बेलायतको मात्र राहदानी भएका चार सय मानिस रहेका बताए । करिब दुई हजार बेलायती राहदानी वाहकले उद्धारका निम्ति आवेदन गरेका जानकारी पनि उनले दिए ।
विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार उद्धार उडान खार्तुम बाहिरको एयरफिल्डबाट हुनेछ । खार्तुममा रहेका बेलायती नागरिकलाई नबोलाएसम्म घरभित्रै बस्न तथा एयरफिल्डमा नजान आग्रह गरिएको छ । खार्तुमको स्थिति नाजुक रहेका थोरै समयमा उद्धारका गतिविधि गर्नुपर्ने र त्यसमा छोटो समय मै सूचना प्रवाह गर्नुपर्ने परिस्थिति पनि उत्पन्न हुनसक्ने जनाइएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे
-
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
-
भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका कर्मचारीलाई सफाइ (पूर्णपाठ)
-
अन्नपूर्ण आधार शिविरमा माउरिस हार्जोगको सम्मान (तस्बिरहरू)
-
जनमतले प्रशिक्षण कार्यक्रम चलाउँदै, उपस्थित नभए वडा इकाइ भङ्ग गर्ने चेतावनी