आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन रुस सकारात्मक : अध्यक्ष तिमिल्सिना

मङ्गलबार, १२ वैशाख २०८०, १८ : ५६
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली नेपाल फर्किएको छ । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिना सहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो । 

रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले रुसी संसद् नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरूले बताएको अध्यक्ष तिमिल्सनाले बताए । उनले शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध बिस्तार गर्न रुस तयार रहेको बताए । 

उनले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभई पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताए । उनले जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको बताए । 

गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको बताए । त्यस्तै रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको पनि उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप