मोरङमा छात्रालाई कुटेको आरोपमा १३ जना विद्यार्थी पक्राउ
मङ्गलबार, १२ वैशाख २०८०, २१ : १२
काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले रातोपाटीलाई बताए ।
वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा छात्रालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीहरूले कोठामित्र राखेर छात्रलाई निर्मम तरिकाले कुटेको एसपी पोखरेलले जानकारी दिए ।
आरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको छ । आरोपीहरुविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण