सहिद स्मारक ए डिभिजन लिग : आज तीन खेल
बुधबार, १३ वैशाख २०८०, १० : ००
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल यूथ क्लबबीच खेल हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो यूथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण