कोभिड–१९ बाट थप एक सङ्क्रमितको मृत्यु
बुधबार, १३ वैशाख २०८०, १७ : ०७

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण