बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

बिहीबार, १४ वैशाख २०८०, १३ : २२
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४० वर्षीय कृतक बहादुर साउँद छन् ।

‘पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु’ भनेर आरोपीले पीडितसँग १३ लाख ९२ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र राठौरले रातोपाटीलाई बताए ।

आरोपीले दिनेश बमलाई पोर्चुगल पठाउँछु भनेर अजरबैजानसम्म पठाएर अलपत्र पारेर सम्पर्कविहीन भएको आरोप छ । आरोपीलाई सिनामंगलबाट पक्रेर वैदेशिक रोजगार विभागमा बुझाएको एसपी राठौरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप