सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वित्तीय संस्थाको बढ्दो खराब कर्जाप्रति गभर्नर अधिकारीको चिन्ता

बिहीबार, १४ वैशाख २०८०, १८ : १२
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो खराब कर्जा (एनपील) प्रति गभर्नर महाप्रसाद अधिकारीले चिन्ता व्यक्त गरेका छन् । बिहीबार आयोजित राष्ट्र बैंककाे ६८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ऋण असुलीमा दबाब परेको बताए  ।

आर्थिक चापकाबीच आन्तरिक तथा बाह्य क्षेत्र प्रभावित हुँदा बैङ्किङ क्षेत्र समेत प्रभावित हुन पुगेको उनले बताए । 

फागुन मसान्तसम्म बैक तथा वित्तीय क्षेत्रको खराब कर्जाको दर २.०६ प्रतिशत रहेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय यस्तो दर थप वृद्धि भएको बताए । 

तर, पछिल्लो समय बढ्दो निक्षेपदर, घट्दो अन्तर बैंकिङ ब्याजदर र तरलता सहजताले कर्जाको ब्याजदर समेत घट्दो क्रममा रहेको उनले बताए  । 

सोही अवसरमा गभर्नर अधिकारीले वर्ष २०७९ आर्थिक दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको बताउँदै यसका बाबजुद पनि राष्ट्र बैंकको नीतिले विकराल अवस्था आउन नपाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप