वित्तीय संस्थाको बढ्दो खराब कर्जाप्रति गभर्नर अधिकारीको चिन्ता
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो खराब कर्जा (एनपील) प्रति गभर्नर महाप्रसाद अधिकारीले चिन्ता व्यक्त गरेका छन् । बिहीबार आयोजित राष्ट्र बैंककाे ६८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ऋण असुलीमा दबाब परेको बताए ।
आर्थिक चापकाबीच आन्तरिक तथा बाह्य क्षेत्र प्रभावित हुँदा बैङ्किङ क्षेत्र समेत प्रभावित हुन पुगेको उनले बताए ।
फागुन मसान्तसम्म बैक तथा वित्तीय क्षेत्रको खराब कर्जाको दर २.०६ प्रतिशत रहेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय यस्तो दर थप वृद्धि भएको बताए ।
तर, पछिल्लो समय बढ्दो निक्षेपदर, घट्दो अन्तर बैंकिङ ब्याजदर र तरलता सहजताले कर्जाको ब्याजदर समेत घट्दो क्रममा रहेको उनले बताए ।
सोही अवसरमा गभर्नर अधिकारीले वर्ष २०७९ आर्थिक दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको बताउँदै यसका बाबजुद पनि राष्ट्र बैंकको नीतिले विकराल अवस्था आउन नपाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण