आईपीएल क्रिकेट : चेन्नइलाई हराउँदै राजस्थान शीर्षस्थानमा
शुक्रबार, १५ वैशाख २०८०, ०७ : ०९
काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७० रनमा समेटियो।
जितसँगै ८ खेलबाट ५ जित निकालेको राजस्थान रोयल्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक जोडेका गुजरात र चेन्नइ सुपर किंग्स तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण